कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । कतारको SAK Trading Contracting कम्पनिले labourer,brick mason, ceramic worker,carpenter,decorator,driver,forman पदकालागी ४६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३२ हजार माथि देखि ८० हजार माथि रहेको छ । इच्छुक कामदारले इन्डो अरब मेनपावर प्रा ली को कार्यालय जावलाखेल ललितपुरमा भदौ ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया