ट्वीटरले अब गलत सूचना राख्नेविरुद्धको उजुरी लिने

४ बर्ष अगाडि

एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेको विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

यस अघि व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको थियो । अब गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । 

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया