यो साता नेप्सेमा उछालै उछाल, एक सातामा कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) झिनो अंकले बढे पनि दिनै कारोबारमा भने एकपछि अर्का नयाँ रेकर्ड बनाएको छ । यो साता (कारोबारको पाँच दिनमा) नेप्से परिसुचक करिब अंकले बढेको छ । गत साता ३१७८.९१ को बिन्दुमा बन्द भएको परिसुचक यो साता १.८७ अंकले बढेर ३१८०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यो साता नेप्सेमा ९६ अर्ब ९४ करोड रुपैंया बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा १६ करोड २२ लाख ४ हजार ३८० कित्ता शेयर खरिद बिक्री भएको हो ।

कुन दिन कतिको कारोबार ?

कारोबारको पहिलो दिन( आइतबार) नेप्से परिसुचक २४.८८ अंकले घटेर ३१५४.३४ को बिन्दुमा पुगेर बन्द भएको छ । यो दिन ३१७८.९१ को बिन्दुबाट सुरु भएको हो । यस दिन कारोबारमा आएका २२२ कम्पनीको कारोबारमा २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । यस दिन कारोबार रकमले नयाँ रकर्ड बनाएको थियो । सो दिन नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको थियो । नेप्से उक्त कारोबार हुदाँ ३ करोड ५५ लाख ५० हजार ८६६ कित्ता शेयर खरिद बिक्री भएको हो ।

कारोबारको दोस्रो दिन(सोमबार) नेप्से परिसुचक सामान्य अंकले बढेको थियो । सोमबार परिसुचक ५.७२ अंकले वृद्धि भई ३१६०.०५ को बिन्दुमा पुगेर बन्द भएको हो । सो दिन कारोबारमा आएका २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता कारोबार हुदाँ १५ अर्ब ९३ करोड रुपैंया बराबरको शेयर कारोबार भएको हो ।

यस्तै, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्से स्थिर नै रह्यो । यस दिन परिसुचक ३१६०.३२ को बिन्दुमा बन्द भएको थियो । ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर खरिद बिक्री हुदाँ १८ अर्ब २० करोड बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी, कारोबारको चौथो दिन(बुधबार) नेप्सेले अल टाइप हाई रेकर्ड बनाउँदै ऐतिहासिक उचाईमा पुगेको थियो । यस दिन परिसुचक ३८.२८ अंकले बढेर ३१९८.६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । यो हाल सम्मकै उच्च बिन्दु हो । बुधबार नेप्सेमा कारोबार रकम पनि उछाल आएको थियो । यो दिन २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर खरिद बिक्री हुदाँ २१ अर्ब ३१ करोड बराबरको शेयर कारोबार भएको हो ।

त्यस्तै, कारोबारको अन्तिम दिन –बिहीबार) नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । बिहीबार परिसुचक १८.२४ अंकले ओरालो लाग्दै ३१८०.७८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस दिन कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता खरिदबिक्री हुदाँ २० अर्ब ४९ करोडको शेयर कारोबार भएको थियो ।

आज शुक्रबार र भोलि शनिबार सधैं जसो शेयर बन्द हुनेछ । आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा दिएको हुदाँ शेयर बजार बन्द हुनेछ । अब मंगलबार बाट मात्र शेयर बजार खुल्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया