दाङ बस दुर्घटनामा मृत्यु भएका २२ मध्ये ५ को सनाखत

७ बर्ष अगाडि

दाङदाङमा शुक्रवार बेलुका भएको बस दुर्घटनामा परि ज्यान जानेको सँख्या २२ पुगेको छ । जसमा ४ महिला र १८ पुरुष रहेका छन । १५ जना घाइते भएका छन । घाइते सवैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको छ । जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के।सी,  शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वली रहेका छन् । दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० बर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ बर्षिय बिजय जीएम को ज्यान गएको छ ।

अन्यको केहिवेरपछिबाट सनाखत गरिने डिएसपी शाहीले जानकारी दिए । मृत्यु हुने र घाइते सवै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी  हुुन । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया