‘मेरो सेयर’ को पासवर्ड बिर्से आफैँ रिसेट गर्न मिल्ने

४ बर्ष अगाडि

 काठमाडौं - नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याउएको छ । 

मेरो सेयरमा ‘फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । यससंगै अव लगानीकर्ताहरुलाई पासवर्ड बिर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा आग्रह गर्नुपर्ने बाध्यता हटेको छ ।

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया