काठमाडौं - संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा 'तिम्रै लागि' म्युजिक भिडियो सार्वजनिक भएको छ । गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउछ ।
सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन् ।
प्रतिक्रिया