अर्थमन्त्रीद्धारा अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । आन्तरिक राजस्व विभागको प्रमुखमा शोभाकान्त पौडेल लगिएका छन् भने भन्सार बिभागको महानिर्देशक  नारायण सापकोटा बनेका छन् । सापकोटा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा थिए ।

आन्तरिक राजस्वमा झक्कप्रसाद आचार्य र भन्सार विभागको महानिर्देशक यामलाल भुसाल अर्थ मन्त्रालय तानिएका छन् । आचार्य र भुसाल दुवैलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको दुई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए ।

बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा  भुपाल बराल लगिएको छ । यसअघिका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ । धनीराम शर्मा अन्तर्राष्ट्रिय वित्तीय सहायता समन्वय महाशाखामा तानिएपछि उनको स्थानमा दाहालले बजेट महाशाखा सम्हालेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया