सिनर्जी पावरको सेयर मूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । 

कम्पनीले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज भदौ भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेसंगै कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

समायोजन पछि कम्पनीको सेयर मूल्य ६३४ रुपैयाँ नेप्सेले हिजो अर्थात बिहिबार कम्पनीको सेयर प्रतिकित्ता ६०७ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आज भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले हिजो भदौ ३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया