परमेश्वरको प्रतिनिधि भन्दै प्रधामन्त्रीका मान्छेविरुद्ध खनिए नेकपा प्रवक्ता

६ बर्ष अगाडि

काठमाडौं– नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेशवरको प्रतिनिधि’ भएको टिप्पणी गरे । 
‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति बिनम्र हुँदै सकिँदैन भन्नुभयो । त्यो अभिव्यक्ति गलत छ’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यसले आत्मआलोचना गर्ने कुरै हुन्न, के तपाईँले आफूलाई त्यस्तै ठान्नु भएको हो ? त्यस्तो सोच एवम् अभिव्यक्ति हामी कम्युनिष्टको होइन र हुन सक्दैन ।’
आजको नयाँ पत्रिका दैनिकले पहिलो पेजमै यो खबर छापेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया