नेपाली शेयर बजारमा दास्रो स्टक डिलर भित्रिदैँ, कति रहेको छ पूँजी रकम ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाली शेयर बजारमा दास्रो स्टक डिलर थपिने भएको छ। हाथवे स्टक डिलर कम्पनीे नामक कम्पनी, स्टक डिलरको रुपमा दोस्रो बजारमा भित्रिन लागेको हो। 

यसको पूँजी ५० करोड रुपैयाँ रहेको छ। जसमा कुल पूँजीको ९० प्रतिशत लगानी हाथवे इन्भेष्टमेन्टको रहनेछ भने बाँकी १० प्रतिशत त्यसै संस्थाका व्यक्तिको लगानी रहनेछ । 

४५ खर्बभन्दा ठूलो भईसकेको बजारमा जम्मा ५० करोड रुपैयाँ पूँजी सहित बजार भित्रने डिलर कम्पनीले लगानी गर्ने क्षमता व्यक्तिगत लगानीकर्ताको जस्तै रहने लगानीकर्ताको बुझाई रहेको छ।

डिलर कम्पनीहरुले शेयर खरिद बिक्री गर्दा अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले जस्तै सबै कम्पनीमा सबै पूँजी लगानी गर्न सक्दैनन्। उनीहरु नियममा बाँधिएर लगानी गर्दा उनीहरुको लगानी बजारमा सीमित मात्र हुने लगानीकर्ताको बुझाई छ।

बजारमा विस्तारै संस्थागत लगानीकर्ता र डिलर भित्रनुले बजारमा थप रकम भित्रिनको लागि सहायता त पुग्ला तर, बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्ने क्षमता न्यून हुन्छ। बजार सन्तुलनमा राख्न र उच्च उतारचढाव नियन्त्रण गर्नको लागि ठूलो पूँजी सहितको बलियो पूँजी बजार भित्रिनु आवश्यक देखिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया