काठमाडौं,बुधवारबाट फिल्म ‘आँधी तुफान २’ ले आफ्नो छायांकन पूरा गरेको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा फिल्मको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए।
चक्र घर्ती मगर निर्माता रहेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।
‘अब एउटा गीत खिच्न बाँकी छ । तर, गीत खिच्नै पर्छ भन्ने चाहिँ छैन । गीत नभए पनि फिल्ममा फरक पर्दैन । त्यसैले गीत नखिच्न पनि सकिन्छ,’ निर्माता श्रेष्ठले बताए ।
प्रतिक्रिया