आज यी ५ कम्पनीका लगानीकर्ता मालामाल, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) पाँच कम्पनीको शेयरमुल्य उच्च वृद्धि भएको 

आज जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ३ हजार ९०६.१० पुगेको छ ।

यस्तै, रिदी हाइड्रोपावरको शेयरमुल्य ८.५९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ३७,साना किसान विकास बैंकको शेयरमुल्य ७.५१ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२ हजार १७७, सिईडिबी हाइड्रोपावरको शेयरमुल्य ६.९५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ३२४ र युनाइटेड इन्स्योरेन्सको शेयरमुल्य ६.३२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.८२४ पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया