अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे २० अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार)  नेपाल स्टक एक्सेन्च (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । 

बिहीबार नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ८.३३ अंकले घटेर ५९०.१५ विन्दुमा झरेको छ ।

नेप्से परिसूचक घट्दा पनि कारोबार रकमको उछाल भने कायमै छ । कूल २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार सर्वाधिक कारोबार हुनेमा अरूण काबेली अब्बल छ । कम्पनीले हिजो मात्रै लाभांश घोषणा गर्दै हकप्रदको प्रस्ताव गरेको थियो ।

बिहीबार पनि जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यता ३ वटा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया