नेपाल आइडल सिजन–२ को विजेता बने रवि ओड

७ बर्ष अगाडि

काठमाडौं– एपी वान एडीबाट प्रशारण हुने चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । 
फाइनलमा पुगेका  अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । 
उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।  
 दर्शकबाट सर्वाधिक धेरै भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् । 

यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाए । 

यसैगरी झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् । उनले १२ लाख बराबरको चेक पाए । 
यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया