प्रचण्डद्धारा अध्यादेशको बचाउ : लोकतन्त्र र संबिधान रक्षाका लागि ल्यइएको हो

४ बर्ष अगाडि

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेश लोकतन्त्र र संबिधान बचाउने उद्धेश्यले ल्याएको बताएका छन् ।

प्रचण्डले अध्यादेशको बचाउ गर्दै यस्तो बताएका हुन् । बिहीबार समाजवादी केन्द्रले काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पहिले केपी ओलीले ल्याएको अध्यादेश र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश फरक उद्देश्यबाट ल्याएको दावी गरे । 

‘अहिले देउवाजीको नेतृत्वमा गठबन्धनको नयाँ सरकार हुँदा पनि फेरि त्यही अध्यादेश भन्ने कुरा उठेको छ, यसमा डिवेट भएको छ । म यो विषयमा डिवेट उठाउने मिडियाकर्मी साथीहरुलाई धन्यवाद भन्न चाहान्छु’, प्रचण्डले भने, ‘तर म केचाहिँ कुरा स्पष्ट पार्न चाहान्छु भने एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुभएकाले यी दुइटा बाटा फरक छन् ।’

उनले निरपेक्ष र आदर्शवादी ढंगले सवै अध्यादेश उस्तै हुन् भन्नु लगत रहेको दावी समेत गरे । साथै दुवै अध्यादेशलाई एकै हिसाबले नहेर्न पनि अपिल गरेका छन् । प्रचण्डले अब छिट्टै मन्त्रिपरिषद विस्तार हुने बताउदै माधव नेपालले दर्ता गरेको पार्टीको सनाखत भएपछि सरकार तुरुन्तै विस्तार हुने बताए ।  


 

४ बर्ष अगाडि

प्रतिक्रिया