स्रोत नखुलेको पौने २ लाख भारु सहित २ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, रौतहटबाट नेपाल प्रहरीले स्रोत नखुलेको पौने २ लाख भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ईशनाथ नगरपालिका–१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ सहित गौरका ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया