पल र मलिका पछि केन्द्र मोसनले गर्‍यो गायक एकदेवसँग २० लाखको संझौता

४ बर्ष अगाडि

काठमाडौं - केन्द्र मोशनले गायक तथा सर्जक एकदेव लिम्बुसँग नयाँ संझौता गरेको छ । एकदेवलाई केन्द्र मोशनले एक बर्षका लागि संझौता गरेको हो ।

एक बर्षमा एकदेवले ५ वटा गीत सार्वजनिक गर्नेछन् । गीतको तयारीका लागि केन्द्रले एकदेवलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै, आम्दानीबाट पनि एकदेवले केही शेयर पाउनेछन् ।

नेपाली सांगीतिक बजारमा पछिल्लो केही समयमा नै केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । ‘फुलबुट्ट सारी, टाढा भएपनि, आँखमा आउने सपनी’ लगायतका गीत सार्वजनिक गरेपछि केन्द्र मोशनको चर्चा चुलिएको हो । 

केन्द्र मोशनले नायक पल शाह र नायिका मलिका महत्तसँग ६ वटा म्यूजिक भिडियोका लागि संझौता गरिसकेको छ । जसमध्ये ३ वटा भिडियो निर्माण भैसकेको छ । 

नेपाली सांगीतिक क्षेत्रमा कलाकार तथा सर्जकलाई केही समयका लागि संझौता नै उपलब्ध गराएर अगाडि बढेको केन्द्र मोशनसँग जोडिन अन्य कलाकार पनि इच्छुक देखिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया