सांग्रिला डेभलपमेन्ट बैंकले  संस्थापक सेयर बिक्री गर्दै, कहिलेसम्म आवेदन दिन सकिने ?

४ बर्ष अगाडि

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २५ हजार ९ सय ११ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया