पर्यटन मजदुरलाई दुई वर्ष ६ महिना अल्पकालीन रोजगारी, २० लाख ५० हजार अमेरिकी डलर खर्च

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम संचालनमा ल्याएको छ । 

कोरोनाको प्रभाव पर्यटन क्षेत्रका मजदुरहरुलाई अल्पकालीन रोजगारी दिने उद्देश्यले युएनडिपीको सहकार्यमा बोर्डले कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको कार्यक्रम ल्याएको हो । 

दुई वर्ष ६ महिना चल्ने उक्त प्रोजेक्टका लागि युइनडिपीले १० लाख ५० हजार डलर सहयोग गरेकोमा थप पर्यटन बोर्डले १० लाख डलर खर्च गर्नेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गर्ने गरी सन्चालन गरिने यस प्रोजेक्ट मार्फत देशैभरिका प्रभावित पर्यटन व्यवसायीहरुलाई समेट्ने पर्यटन बोर्डले योजना बनाएको छ । 

जसका लागि आवश्यक स्थानीय तहसँग समेत साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य समेत बोर्ड लिएको छ । परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोर्ड, ९जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाटा० बीच बुधबार सम्झौता भएको छ । 

सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्ने छ । सन् २०२० मा नै युएनडिपी मार्फत सहयोग प्राप्त भएपनि सन् २०२१ लाग्ने वित्तिकै यस कार्यक्रमलाई शुरु गर्ने बोर्डको तयारी रहेपनि विविध कारणवस ८ महिना पछि बल्ल कार्यक्रमले निरन्तरता पाएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया