काठमाडौं – महानगरीय प्रहरी अपराध मशाहाखा, टेकुले कैलाली कारागारबाट फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैलाली जिल्ला घर भई सितापाइला बस्ने वर्ष ३५ का सुरज कोलीलाई महाशाखाको टोलीले सितापाइला क्षेत्रबाट पक्राउ गरेको हो ।
मानव बेचबिखन सम्बन्धी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका कोली ९ वर्ष ३ महिना सजाय भुक्तान गरी २०७३ असोज ३० गते जिल्ला कारागार कैलालीबाट फरार भएका थिए । फरार रहेका कोलीलाई महाशाखाको विशेष टोलीले खोजतलास गर्ने क्रममा आज पक्राउ गरेको हो ।
पक्राउ परेका कोलीमाथि थप अनुसन्धान भई आवश्यक कारबाही हुने महाशाखाका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
प्रतिक्रिया