काठमाडौं - एनवाईईएफ काठमाडौं च्याप्टर र एफएनसिसिआइ स्टार्ट अप एण्ड इनोवेशन कमिटीले अगस्ट एक २०२१ मा नेपालमा युवा उद्यमशीलता र स्टार्ट अपको बृद्धि र उत्थानको लागी एक साथ काम गर्ने भएको छ । यसका लागि एक आपसको सम्झौतामा हस्ताक्षर भएको छ ।
एफएनसिसिआइ काप्रतिनिधि रणजीत आचार्य (अध्यक्ष) को प्रतिनिधित्वमा एफएनसिसिआइ, एनवाईईएफ स्टार्ट अप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । एनवाईईएफ काठमाडौं अध्यायका तर्फ बाट अध्यक्ष निरज कर्माचार्य द्वारा प्रतिनिधित्व गरिएको थियो ।
नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय हो । यो एक सदस्यता आधारित गैर नाफा मुलक संगठन हो । सकारात्मक व्यापार सोच र सशक्तिकरणको लक्ष सहित स्थापित संस्था हो ।
सस्थाले नेपाली युवाहरु बीच विचार आदान प्रदान, फेलोशिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिदै अगाडी बढेको छ । एनवाईईएफले देश भित्रका सबै युवाउद्यमीहरुलाई एक साथ ल्याउन सहयोग पुर्याउदै आएको छ ।
यस मंचले युवा उद्यमीहरुको प्रभावी र अत्यावस्यक नेटवर्किंगको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोण लाई बढावा दिन्छ । काठमाडौंमा एक सफल सुरुवात पछि । एनवाईईएफको अब नेपालको १० विभिन्न शहरहरुमा अध्यायहरु रहेका छन् ।
प्रतिक्रिया