राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा बिज्ञापन बोर्डको सदस्य महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।
संक्रमित भएपछि उनी नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हालेका थिए । उनी पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए ।
शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई बिहीबार बिहान ११ः३० मा पशुपति आर्यघाटस्थित इलेक्ट्रोनिक शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया