प्रि ओपन सेसनमा ३२०० विन्दुभन्दा माथि नेप्से, ४० कम्पनीको शेयरमूल्य बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन(बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२०० विन्दुभन्दा माथि पुगेको छ।

अघिल्लो कारोबार दिन ३८.२८ अंक बढेर ३१९८.६० विन्दुमा पुगेको नेप्से, यस दिन प्रि ओपन सेसनमा ९.५० अंक बढेर ३२०८.५३  विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २० कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया