देश छाडेका अफगानिस्तानका राष्ट्रपति घानीलाई यूएईले दियो शरण, स्वदेश फर्कन वार्तामा हुँदै

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । मानवताको आधारमा राष्ट्रपति घानी र परिवारलाई शरण दिइएको यूएईको विदेश मन्त्रालयले जनाएको छ ।

शुरुमा उनी ताजिकिस्तान र उज्वेकिस्तान गएको भनिएको थियो । भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनको भनाइ छ ।

स्वदेश फर्किनका आफु वार्तामा रहेको पनि उनले उल्लेख गरेका छन् । आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको पनि बताएका छन् । आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको रजुत्ता पनि लगाउन नभ्याएको उनले दाबी गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया