मञ्जुश्री फाइनान्सको संस्थापक सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन कहिलेसम्म ?

४ बर्ष अगाडि

काठमाडौं, मञ्जुश्री फाइनान्सको संस्थापक सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन भदौ ८ गतेसम्म रहेको छ ।

साउन १४ गतेबाट १२ हजार ५८७ २५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरिरहेको हो।  कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया