रोनाल्डोलाई रियल म्याड्रिडमा फेरि अनुबन्ध गर्न अस्वीकार

४ बर्ष अगाडि

एजेन्सी - रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले क्लबले क्रिस्टियानो रोनाल्डोलाई फेरि अनुबन्ध गर्ने सम्भावना अस्वीकार गरेका छन्  । म्याड्रिड फर्किने हल्ला चलिरहेका बेला रोनाल्डो आफैंले पनि स्पेनी महारथीसँग आफ्नो अध्याय लेखिसकेको बताएका छन्  ।

रियलमा आफ्नो पहिलो कार्यकालमा एन्सेलोट्टीले रोनाल्डोलाई खेलाएका थिए । उनी पहिलोपल्ट रियलमा २०१३–१५ मा थिए । उनले पोर्चुगिज फरवार्डको प्रशंसा गरे पनि म्याड्रिडले उनलाई फर्काउन चाहेको कुरा भने अस्वीकार गरेका छन् ।

३६ वर्षीय रोनाल्डोको अर्को जुनसम्म युभेन्ट्ससँग सम्झौता छ  । रोनाल्डो २००९–१८ सम्म म्याड्रिडमा रहेका थिए । उनी फर्किन सक्ने खबर स्पेनी मिडियाले दिइरहेका छन्  । रियल गत सिजन उपाधिविहीन रहेको थियो । उसले पेरिस सेन्ट जर्मेनबाट केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको बाहिर आएको छ  । 

रियलले अलाभेसलाई ४–१ ले हराएर नयाँ सिजन सुरु गरेको छ  । टोलीले दोस्रो खेलमा आइतबार लेभान्टेको भ्रमण गर्नेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया