श्री राम सुगर मिल्सले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - श्री राम सुगर मिल्स लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा भदौ २४ गते हुने भएको हो । 

सभा अर्पण व्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साउन १७ गते बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीले भुक्तानी गर्न दायित्वहरु सम्बन्धमा छलफल गर्ने रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया