काठमाडौं - हाइड्रोपावर कम्पनीहरूको नियामक निकाय विद्युत नियमन आयोगले विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा केही विद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक वृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य बढेको भनी आएका समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार एक सूचना जारी गर्दै आयोगले सूचिकृत कम्पनीले जानकारी चथा विवरणहरू सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी भएको र यदि कसैले जानी जानी लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रवर्दक गरे र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाएको छ ।
साथै लगानीकर्ताहरूलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर, कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आयोगले आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया