१४ करोड ६२ लाख बढिको आईपिओ जारी गर्दै हाथवे इन्भेष्टमेन्ट, कहिलेबाट ?

४ बर्ष अगाडि

काठमाडौं - हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणहरुका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने बिषेश प्रस्ताव सहित कम्पनीले १३ औँ बार्षिक साधारणसभा बोलाएको हो । 

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितीको बैंठकले कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बालाइएको हो । 

साथै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । 

सभा भदौ २५ गते विहिबार दिउसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यलय लैनचौरमा भर्चुअल माध्यामबाट सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले लाभांंका साथै आईपिओ निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया