केपी ओलीविरुद्ध किन खनिए उपेन्द्र ?

७ बर्ष अगाडि

 

काठमाडौं–संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् । 

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहार र चरित्र संघीयता अनुकूल नरहेको दावी समेत गरे । 
 आईतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘कैलालीमा बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको’ भन्नु संघीय प्रणाली उलंघनको दृष्टान्त भएको चर्चा गरे । 
 सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न प्रधानमन्त्रीले नमिल्ने उनको भनाई छ । अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गर्ने अधिकार केन्द्र सरकारलाई नरहेको पनि तर्क गरे । 
 प्रधानमन्त्री ओलीले कैलाली घटनाका दोषीमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिइएको संसदमा जानकारी गराएका थिए । 
 अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको सो निर्देशन संघीयता अनुकूल नरहेको दावी गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया