प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण, शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने

४ बर्ष अगाडि

प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गरेका  छन् । जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उनले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताए ।

यस्तै   बाग्मती प्रदेशमा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । 

शपथका लागि बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं आउनेबितिक्कै पौडेलको राजीनामा स्वीकृत गर्ने र आजै शाक्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया