काठमाडौं, नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा त्रुटी देखिएपछि बोर्डले कम्पनीलाई स्पष्टिकरण सोधेको हो ।
वित्तीय विवरण सार्वजनिक गर्दा के कसो भएको हो, हुदै नभएको आम्दानीलाई के आधारले आम्दानीमा समावेश गरिएको हो, लगायतका विवरण कम्पनीसंग माग गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । यद्यपि यो स्पष्टिकरण नभई सत्य तथ्य जानकारी पेश गर्न मात्र भनिएको बताए ।
भाषा जे उल्लेख भएपनि यो स्पष्टिकरण नै रहेको बोर्ड स्रोतले जनाएको छ ।
खानी खोलाले वित्तीय विवरण प्रकाशित गर्दा नेपाल विद्युत प्राधिकरणसंग लिन बाँकि ४१ करोड ३ लाख रुपैयाँलाई समेत आम्दानीमा देखाएर नाफा बढेको देखाएको छ । सोहि कारण कम्पनीको शेयर मूल्य हरेक दिन १० प्रतिशतको दरले बढिरहेको छ । जबकी यो रकम प्राधिकरणले कहिले दिन्छ भन्ने टुंगो छैन ।
प्रतिक्रिया