पतंजली आयुर्वेदलाई एफपिओ जारी गर्ने अनुमति

४ बर्ष अगाडि

काठमाडौं, गुरु बाबा रामदेवको कम्पनी पतंजली आयुर्वेदको सहायक खाद्य तेल कम्पनी रुची सोयाले एफपिओ जारी गर्ने भएको छ। उक्त कम्पनीले एफपीओको माध्यमबाट ४३ सय करोड भारतीय रुपैयाँ उठाउन भारतको पूँजी बजार नियामक निकाय, सेबीबाट अनुमति पाएको छ ।

भारतीय संचार माध्यमका अनुसार  कम्पनीले जून महिनामा आवेदन दिएको थियो भने अगष्ट १४ मा कम्पनीलाई अनुमति दिइएको थियो ।

कम्पनीले एफपीओबाट पाउने रकम कारोबारकालागि प्रयोग गर्ने छ। 

सन् २०१९ मा कम्पनीले लीलामी मार्फत रुची सोयालाई पतंजलीमा गाभेको थियो । रुची सोया स्टक एक्सचेन्जमा सूचीकृत छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया