काठमाडौं, फिल्म ‘एक्स ९’ मा गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा, सोमवार अर्का अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् ।
निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग नाम जोडिएपछि चर्चामा रहेका अभिनेता कटुवालले फिल्म ‘लाल्टिन र लीला’ सँगै केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
अब अभिनेता द्वय पुष्प खड्का र अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । दुवैसँग मौखिक सहमति भने भइसकेको छ ।
नेपाल, यूरोप, आबुधाबीमा छायांकन हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । ठूलो लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् ।
प्रतिक्रिया