काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
राधी विद्युत कम्पनी लिमिटेडको ३६.५ प्रतिशत बोनस बापतको १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता शेयर सूचिकृत भएको हो ।
राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया