कहिले होला मानुषी लघुवित्तको आईपीओ बाँडफाँड ? के कस्तो छ तयारी ?

४ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँड कहिले होला भन्ने सबैको चासोको विषय बनेको छ । ल

हिजोसम्म शंकास्पद आवेदकहरूको छनोट गरिएको छ । डाटा भेरिफिकेसनको काम आजसम्म सक्याएर प्री अलोटमेन्ट भोलि गर्ने तयारी गरिएको छ । त्यसैले, सिडिएस र बोर्डको अनुमति पाएमा सम्भवतस् आइतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ । 

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया