काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेपाली शेयर बजार नेप्से फेरि नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक यसअघिको नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा पुगेको छ । नेप्से १.२१ प्रतिशतले बढेको हो । इन्ट्रा डे कारोबारमा भने नेप्से परिसूचक ३२२० माथि पुगीसकेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४।८३ अंकले बढेर ५९८.११ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । कूल २२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमा ११ वटा उपसमूहको सेयर बढेको छ । बाँकी २ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सको सूचक बढेको छ ।
बुधबार ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम् सिमेन्ट, अरूण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त र अरूण काबेली पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया