काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै एमालेका माधव कुमार नेपाल समूहलाई नयाँ पार्टी गठन गर्ने बाटो खुलेको छ ।
माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा र कोष्ठकमा (समाजवादी), (क्रान्तिकारी) या अन्य केही राख्ने तयारी गरेको छ । साथै चुनाव चिन्ह कलम प्रस्ताव गर्ने तयारी भएको नेताहरूको भनाइ छ । त्यस्तै नयाँ पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति पनि भैसकेको छ ।
तर, नेपाल समुहमा खुलेका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन् । नेपाल समुहमा खुलेर लागेका उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका छन् ।
नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन् ।
प्रतिक्रिया