काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) बजार खुलेको तीन घण्टाको अवधिमा अपि पावरको साढे ७ लाख बढी कित्ता शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको ७ लाख ६८ हजार ८५७ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त शेयर कारोबार हुदाँ रू. ४९ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३६ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ०.६१ प्रतिशतले घटेको छ ।
मार्केट डेपमा कम्पनीको ५६ हजार ५०८ कित्ता शेयर खरिदमाग भएको छ भने २ लाख ४७ हजार ७४३ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया