२ लाख ७० हजार नगद सहित १० जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौंको  १० जुवाडे पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका– ८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया