सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडाैं, सिविआईएल क्यापिटलको व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा भएको छ ।

क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठक गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ (कर सहित) र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाईधनीहरुलाई ४० प्रतिशतले हुने आउने २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया