काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ ।
भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया