प्रि ओपन सेसनमा करिब १२ अंक बढ्यो,६४ कम्पनीको शेयरमूल्यमा वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झण्डै १२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ०.२३ अंक बढेर ३१६०.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.९८ अंक बढेर ३१७२.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०३ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया