काठमाडौं - अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानमार्फत् उनीहरू आज बिहान नेपाल आइपुगेका हुन् ।
गए राति ११ बजे जजिरा एयरमाफर्त कुवेतबाट थप ८७ जना नेपाली काठमाण्डौं आइपुगेका थिए । यसै गरी मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानमार्फत ११८ जना नेपाली नागरिक काठमाडौं अवतरण गरेका थिए ।
हालसम्म २९५ नेपाली स्वदेश फर्किएका छन् । छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अन्य नेपालीलाई पनि ल्याउने तयारी भइरहेको छ । कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको बताइएको छ ।
प्रतिक्रिया