काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले ९समाजवादी० राख्ने तय गरेको छ । उक्त समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।
तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले ९समाजवादी०, नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको छ ।
नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् । चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।
यसैविच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ सांसदलाई एक साताअघि नै पदमुक्त गर्ने निर्णय गरेको खुलासा भएको छ । मंगलवार संसद् सचिवालयमा बुझाएको पत्रमा साउन २५ गतेको निर्णयअनुसार पदमुक्त गरिएको जानकारी गराइएपछि यस्तो खुलासा भएको हो ।
पत्र पहिल्यै मिति खाली राखेर तयार पारिएको पत्रमा पछि मिति केरमेट गरेको पाइएको छ ।
प्रतिक्रिया