काठमाडौं - अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको अठारौ वार्षिक साधारण सभा भाद्र २६ गते हुने भएको हो ।
सभा कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आकर्षक आभाशं समेत घोषणा गरेको छ ।
हिजो मंगलबार बसेको संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत बोनश सेयर र ०.८९ प्रतिशत नगद लाभांश९कर प्रयोजनार्थ० वितरणको प्रस्ताव गरेको हो । कम्पनीले बोनश सेयर वितरण पश्चात १ः१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव समेत साधारणसभामा लैजानेछ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया