काठमाडौं - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने ४७ करोड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया