आईपिओ निष्काशन गर्ने तयारीमा मन्दाकिनी हाइड्रोपावर, बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रार नियुक्त गरेको हो  । 

नियुक्ति सम्झौतामा हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको   निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको रुपमा क्यापिटलले कार्य गर्ने छ।

कम्पनीले आईपिओ निष्काशनको तयारी गरेको छ ।  आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख ११ हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने छ । 

कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया