विद्युत् प्राधिकरणका ग्राहक  ५० लाख ८० हजार पुग्यो, ७१ अर्ब आम्दानी  खर्च कति ?

४ बर्ष अगाडि

उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७।३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

प्राधिकरणको ३६आँै वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७÷७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पु¥याउने योजनामा प्राधिकरण रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पु¥याएर मात्रै नहुने भन्दै उनले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए ।

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

प्राधिकरणले आव २०७७÷७८ मा बिजुली बिक्री गरेर रु ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६÷७७ मा कूल रु ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो । 

यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रु ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७÷७८ मा रु ६८ अर्ब ४५ करोड पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया