एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित

४ बर्ष अगाडि

तनहुको सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको हो । 

नगरपालिकाले फोहर विसर्जन गर्दै आएको वडा नं ३ स्थित भतेरीमा गतवर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर विसर्जन गर्न थालिएको थियो । कुहिने फोहरलाई भने वडा नं १० मै मल उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ । 

“अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भने, “ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।” उनका अनुसार वडा नं १३ मा फोहर विसर्जनका लागि ठाउँ हेर्नाका साथै स्थानीयबासीसँग छलफल पनि भइरहेको छ  । 

वडा नं १ को भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नजिकै बुल्दीखोलाको आसपासमा पनि फोहर विसर्जनका लागि नगरप्रमुखले ठाउँ हेरेको  प्रशासकीय अधिकृत सिग्देलले बताए । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया